आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

घिरिङ गाउँपालिकामा नौ महिनामा ४८ प्रतिशत बजेट खर्च


  • समाचार कुञ्ज
  • २०८३ बैशाख १८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ३७ पाठक संख्या
  • घिरिङ गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको अवधिमा ४८ प्रतिशत बजेट खर्च भएको छ । घिरिङमा चालु आर्थिक वर्षको लागि ४५ करोड बजेट बिनियोजन गरिएकोमा चैत मसान्तसम्म ४८ दशमलव ८८ प्रतिशत अर्थात २१ करोड ९९ लाख ८४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले आर्थिक विकास तर्फ २ करोड ६० लाख ५५ हजार रुपैयाँ बिनियोजन गरेकोमा चैत मसान्तसम्म २५ लाख ९४ हजार खर्च भएको छ । त्यस्तै सामाजिक विकास तर्फ २० करोड ६६ लाख १५ हजार विनियोजन गरेकोमा १३ करोड ५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

    यसैगरि पुर्वाधार विकास तर्फ १० करोड ९४ लाख ८९ हजार विनियोजन गरेकोमा चैत मसान्तसम्म ३ करोड ६० लाख ६५ हजार खर्च भएको छ । यस्तै कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १० करोड ६९ लाख ४० हजार रुपैयाँ विनियोजन गरेकोमा ५ करोड ४ लाख ६६ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए ।

    त्यस्तै आम्दानी तर्फ संघ, प्रदेश र आन्तरिक गरि ४५ करोड आम्दानीको लक्ष्य राखिएकोमा चैत मसान्तसम्म ७३.७५ प्रतिशत अर्थात ३३ करोड १९ लाख १९ हजार आम्दानी भएको ढकालले जानकारी दिए ।

    घिरिङ्ग गाउँपालिकाको हालसम्मको बेरुजु रकम १४ करोड ९६ लाख ९७ हजार ६५० रहेकोमा यो वर्ष २ करोड ६६ लाख ८० हजार ६६४ रुपैयाँ फस्र्यौट भएको र बाँकी बेरुजु १२ करोड १० लाख ८७ हजार ६०१ रहेको छ ।

    त्यसैगरि योजना तर्फ पालिकाभर चालु आर्थिक वर्षमा १९० योजना छनौट भएकोमा १३३ योजना सम्झौता भएको, त्यसमध्ये ६१ योजना सम्पन्न भई भुक्तानी भईसकेको र ५७ योजना सम्झौता हुन बाँकी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट