
समाचार कुञ्ज बौदीकाली गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम गाउँ कार्यपालिकाको सभाहलमा भएको थियो।






कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरू, नागरिक समाजका प्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रतिनिधिहरू, विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि, जवाफदेहिता कायम गर्ने उपायहरू, तथा स्थानीय तहमा सुशासन प्रवर्द्धनका विभिन्न पक्षहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तहमा देखिएका समस्या, चुनौती र सुधारका सम्भावनाहरूबारे आफ्ना धारणा राखेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधिहरूले भ्रष्टाचार नियन्त्रणमा सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कानुनी प्रावधान, उजुरी प्रक्रिया तथा सचेतनामूलक विषयमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस