आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

मध्यविन्दुमा कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न,


  • समाचार कुञ्ज
  • २०८३ बैशाख २४, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४८ पाठक संख्या
  • दुर्गा घर्ती ,नवलपुर २०८३ बैशाख, २४ गते
    मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखा, चोरमारा नवलपुरको आयोजनामा कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कृषि उत्पादन वृद्धि तथा किसानलाई आधुनिक कृषि प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यले मध्यविन्दु नगरपालिकाले ५० प्रतिशत अनुदानममा कृषकहरुलाइ उक्त सामाग्री हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
    कार्यक्रममा किसान समूह तथा कृषकहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरिएको थियो । उपकरण हस्तान्तरणसँगै सहभागी कृषकहरूलाई उपकरणको सही प्रयोग, संरक्षण तथा कृषि उत्पादनमा यसको प्रभावकारी उपयोगबारे जानकारी समेत प्रदान गरिएको थियो ।
    कार्यक्रममा पशुपंक्षी अनुसन्धान केन्द्र पोखराका महानिर्देशक डा बालकुमार श्रेष्ठ , मध्यविन्दु नगरपालिकाका प्रशासकीय अधिकृत बिपिन क्षेत्री ,लगायत जनप्रतिनिधि तथा पशुसेवा शाखा चोरमाराका सम्पूर्ण कर्मचारी, मध्यविन्दु नगरपालिका भित्रका विभिन्न किसिमका कृषकहरू तथा सरोकारवालाको सहभागिता रहेको थियो भने नगर आर्थिक विकास समितिका समयोजक मिन बहादुर दर्लामी को अध्यक्षता साथै मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।सहभागीहरूले आधुनिक उपकरणको प्रयोगले श्रम तथा समय बचत भई उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
    नगरपालिकाले आगामी दिनमा पनि कृषकलाई प्रविधिमैत्री कृषि प्रणालीतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट