आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

पिपल काटेर सिमेन्टको गैँडा ! कावासोतीमा ‘प्रकृति संरक्षण’को नौटंकी


  • समाचार कुञ्ज
  • २०८३ बैशाख २८, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३१ पाठक संख्या
  • कावासाेती
    कावासोती–१५ शेरगञ्ज चोकमा सिमेन्टका बाघ–गैँडा राख्ने तयारीप्रति स्थानीय आक्रोश नवलपुरको कावासोती नगरपालिका–१५ शेरगञ्ज चोकमा रहेको वर्षौं पुरानो पिपलको बोट काटेर त्यसको ठाउँमा सिमेन्टका बाघ र गैँडाको संरचना राख्ने तयारी गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्।
    स्थानीय राजु क्षेत्रीका अनुसार गर्मीयाममा शीतलता दिने, वातावरण संरक्षणमा योगदान पुर्‍याउने तथा धार्मिक–सांस्कृतिक महत्व बोकेको पिपलको रुख हटाएर “प्रकृति संरक्षण” का नाममा सिमेन्टका संरचना बनाउनु विडम्बनापूर्ण भएको बताएका छन्।
    “जिउँदो रुख काटेर सिमेन्टको बाघ–गैँडा राख्नु संरक्षण होइन, देखावटी विकास हो,” एक स्थानीयले प्रतिक्रिया दिए।
    वातावरणप्रेमीहरूले पनि प्राकृतिक सम्पदा जोगाउनुको सट्टा कंक्रिट संरचनालाई प्राथमिकता दिनु गलत सन्देश भएको बताएका छन्। उनीहरूका अनुसार पिपलजस्ता रुखले अक्सिजन उत्पादन, तापक्रम नियन्त्रण तथा जैविक वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन्।
    स्थानीय बासिन्दाले नगरपालिकासँग तत्काल निर्णय पुनर्विचार गर्न, रुख जोगाउन तथा वास्तविक हरियाली संरक्षणमा ध्यान दिन माग गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट