आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

नवलपुरको कावासोतीमा बालबालिका र किशोर किशोरीलाई लक्षित गरि एकदिने क्षमता विकास तालिम


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ३०, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • ५६ पाठक संख्या
  • नवलपुरको कावासोतीमा बालबालिका र किशोर किशोरीलाई लक्षित गरि एकदिने क्षमता विकास तालिम दिईएको छ ।
    कावासोती वडा नं. ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता डोरमान गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडामा रहेका वडास्तरीय बाल सञ्जाल, टोलस्तरीय बाल क्लबका बालबालिका, वडास्तरीय युवा क्लबका किशोर किशोरी, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी रहेका थिए ।
    “बाल मैत्री स्थानीय शासन, सभ्य समाजको पहिचान“ भन्ने नाराका साथ दिईएको तालिममा नगर बाल सञ्जालका अध्यक्ष पवन भुर्तेल तथा पत्रकार राजु चापागाईले प्रशिक्षण प्रदान गर्नुभएको कार्यक्रमलाई प्रशिक्षर्थि विद्यार्थीहरुलाई सम्बोधन गर्दै वडाध्यक्ष गिरिले यहाँ सिकेको कुरा आफ्नो विद्यालयका अन्य विद्यार्थीलाई सिकाउने विश्वास व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट