आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा गर्न आयोगको प्रस्ताव


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ३० पाठक संख्या
  • काठमाडौँ । निर्वाचन आयोगले मंगलबार राजनीतिक दलहरूसँग विशेष छलफल गरेको छ । निर्वाचनलाई मितव्ययी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले दलहरूसँग आयाेगले छलफल गरेकाे हाे ।

    छलफलको क्रममा आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरू समक्ष प्रस्ताव गरेको छ ।

    आगामी २०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्षको मंसिर ४ गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च बचत हुने आयोगको दाबी छ।

    यद्यपी अहिले आयोगले प्रस्ताव मात्रै राखेकाले एकैपटक निर्वाचन गर्नै वा नगर्ने भन्नेबारे कुने निर्णय नभएको आयोगले जनाएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट