
समाचार कुञ्ज मध्यबिन्दु नगरपालिका को आयोजनामा नेवा गुठीको सभाहल, मध्यबिन्दु–१० अरुणखोलामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८३ साल वैशाख ३१ गते बिहीबार आयोजित कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म सम्पन्न भएका विभिन्न योजना, कार्यक्रम, सेवा प्रवाह तथा नगरपालिकाका समग्र गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सञ्चालन पत्रकार विष्णु गौडेल ले गर्नुभएको थियो।
“जनताको सरकार, जनतासँग प्रत्यक्ष संवाद — यही हो आजको कार्यक्रमको सार!” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा नगरप्रमुख भिमलाल अधिकारी को अध्यक्षता रहेको थियो।
कार्यक्रममा उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख पदमराज आचार्य लगायत विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी नगर प्रवक्ता एवं वडा नं. १० का वडा अध्यक्ष रणबहादुर थापा सहित वडा नं. १ देखि १२ सम्मका विभिन्न वडा अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरूले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, शिक्षा, पूर्वाधार तथा अन्य जनसरोकारका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए। नगरपालिकाका पदाधिकारीहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए।







प्रतिक्रिया दिनुहोस