
समाचार कुञ्ज कावासाेती






नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर सडक खण्ड अन्तर्गत बुलिङटार गाउँपालिका–६ ढाँसी क्षेत्रमा वर्षाका कारण ठूलो बरको रुख सडकमा ढलेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ। बाटो खुलाउन सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको भए पनि सडक सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ।
यस सडक खण्ड हुँदै यात्रा गर्ने सवारी साधन तथा यात्रुहरूलाई बाटोको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
थप जानकारीका लागि: ९८५७०४८८९८ / १०३ ।

प्रतिक्रिया दिनुहोस