आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्दै मध्यविन्दुमा उद्यमशीलता तालिम


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • २२ पाठक संख्या
  • विमा गाहा मगर । नवलपुर, जेठ ९ ।
    मध्यविन्दु नगरपालिका द्वारा सञ्चालन गरिएको युवा लक्षित उद्यमशीलता तथा स्वरोजगार प्रवर्द्धन कार्यक्रमको दोस्रो दिन शुक्रबारपनि जारी रहेको छ ।
    युवाहरुमा सीप, क्षमता तथा आत्मनिर्भरता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने तालिममा उद्यम सञ्चालन, व्यवसायिक योजना निर्माण, रोजगारीका अवसर, वित्तीय पहुँच तथा स्वरोजगारका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा युवाहरुको सक्रिय सहभागिता रहेको नगरपालिकाले जनाएको छ।
    कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारी ले वैदेशिक रोजगारबाट फर्किएका युवाहरु तथा स्वदेशमै साना व्यवसाय सञ्चालन गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्न तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले “स्वदेशमै पनि सम्भावना छ भन्ने सन्देश दिन र युवालाई उद्यमतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको हो,” भन्नुभयो। नगरप्रमुख अधिकारीले तालिमपछि व्यवसाय गर्न इच्छुक युवाहरुको आवश्यकता अनुसार थप सीप तथा दक्षता अभिवृद्धि गरिने र उत्पादित वस्तुको बजारीकरणमा समेत नगरपालिका सहकार्य गर्ने योजना रहेको जानकारी दिनुभयो।
    दोस्रो दिनको तालिममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय साक्षरता, लगानी व्यवस्थापन तथा उद्यमका लागि बैंकिङ पहुँचका विषयमा सहजीकरण गर्नुभएको थियो।

    यस्तै सफल उद्यमी (Lavie Hospitality Group) का सस्थापक सुदर्शन पौडेल र रामबहादुर रावत लगायत राष्ट्रिय तथा स्थानीय विषय विशेषज्ञहरुले अनुभव आदानप्रदान गर्दै उद्यमशीलताको व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।
    कार्यक्रममा सहभागी स्थानीय जानुका आचार्यले पहिलो दिन व्यवसाय सञ्चालनका आधारभूत विषय सिकेको र दोस्रो दिन बैंकिङ तथा वित्तीय क्षेत्रबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको बताउनुभयो। उहाँले यस्तो तालिमले सफल उद्यमी बन्ने मार्ग पहिचान गर्न सहयोग पुगेको भन्दै नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
    यस्तै सहभागी दीपक अर्यालले यस्ता तालिमले व्यवसाय सुरु गर्दा हुने डर र अन्योल हटाएर नयाँ ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने यस्ता कार्यक्रम समय–समयमा सञ्चालन गरिनुपर्ने धारणा राख्नुभयो।
    नगरपालिकाले युवालाई स्वदेशमै उत्पादन, व्यवसाय तथा उद्यममार्फत आत्मनिर्भर बनाउन आगामी दिनमा थप व्यवहारिक तथा बजारमुखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट