आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान छ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट