आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • यो वर्षको बडा दसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानु जयन्तीमा समेत बिदा दिएको थियो ।

    प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट