आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आजदेखि मौसम क्रमिक सुधार 


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • १५ पाठक संख्या
  • कार्तिक २०, 

    आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ ।

    तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा अस्ति आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

    उहाँका अनुसार आज  कोशी प्रदेश र देशका पहाडी भागमा मौसम बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ ।

    आज कोशी प्रदेश र अन्य पहाडी भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हिमपातको सम्भावना छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट