आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३७ पाठक संख्या
  • देवचुली । देवचुली १० मा प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुन लागेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा भोलिबाट सुरु हुने प्रतियोगितामा वातासिना योङ स्टार र युनाइटेड युवा क्लबबिच समुदघाटन खेल हुने भएको हो । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगरले समुदघाटन गर्ने कार्यक्रम रहेको छ ।

    ghiring

    ghiring

    देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० को कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वयमा देवचुली १० मा रहेको नगरस्तरीय रंगशालामा प्रतियोगिता संचालन गर्न लागिएको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिनुभयो । नगर रंगशालाको स्तरोन्नतिका साथै खेलक्षेत्रको विकासमा सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

    नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो । देवचुलीमा प्रत्येक वर्ष निरन्तर गोल्डकप खेलाउने गरि यस वर्षबाट प्रतियोगिता सुरु गरिएको र सहभागी टिमले ३ जना भन्दा बढी विदेशी खेलाडी खेलाउन नपाउने समेत उहाँले बताउनुभयो ।

    प्रतियोगिताको संचालनका लागि सम्पुर्ण तयारी सकिएको र भोलि दिउँसो ३ बजेबाट खेल सुरु हुने क्लबका सचिव दिपक न्यौपानेले बताउनुभयो । नवलपुरकै दोस्रो ठूलो धन राशी पुरस्कार भएको फुटबल प्रतियोगिताबाट खेल पर्यटनलाई सहयोग पुग्ने उहाँको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट