आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मौसम हिमालीको निर्देशन / कोरियोग्राफरमा ‘ निरा मायाको ’ गीतको भिडियो सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८१ मंसिर १७, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • काठमाडौं । गायक गोविन्द मधुर आचार्य र गायिका शान्ति श्री परियारको आवाज रहेको ‘ निरा मायाको ’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा कृष्णा आचार्य ( रोशनी ) को शब्द रहेको छ, भने ऋषि खड्काको संगीत रहेको छ । उक्त गीतको भिडियोमा बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको छ । त्यस्तै, साया भण्डारीको निर्माणमा निर्माण भएको उक्त म्युजिक भिडियोको निर्देशन / कोरियोग्राफरमा मौसम हिमाली रहेका छन् , भने सिनेमेटोग्राफरमा राजेश घिमिरे रहेका छन् । उक्त गीतको एरेन्ज बिशाल निरौलाले गरेका छन् , भने रेकर्डिष्टमा सुरज भुसाल रहेका छन् ।

    यसैगरी, गीतको भिडियो सम्पादन / कलरमा विकास ज्ञवाली, मिक्स / मास्टरिङमा कृष्ण बाजुराली र श्रींगारमा अनिमेस जोडन रहेका छन् । यस्तै, मिडिया संयोजकमा निराज रानाभाट रहेका छन् । उक्त गीतको भिडियोमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् । भिडियोमा साया भण्डारी र बिमल अधिकारीको प्रेम सम्बन्ध र बिछोडको देखाइएको छ । साया र बिमलले निकै सुन्दर अभिनय गरेका छन् । म्युजिक भिडियो तपस्या इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट