आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

यू-१९ महिला एसिया कप : पहिलो जितसँगै नेपाल सुपर फोरमा


  • समाचार कुञ्ज
  • २०८१ पौष १, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • नेपालले मलेसियामा जारी यू १९ महिला एसिया कपमा विजयी सुरुवात गरेको छ ।  
    आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।  योसँगै नेपाली महिला टोली पाकिस्तानी महिला टोलीलाई पराजित गर्दै इतिहास बनाएको छ । लगातार दोस्रो हार भोगेको पाकिस्तान समूह चरणमै रोकिएको छ । समूह बीको आफ्नो पहिलो खेलमा पाकिस्तान आइतबार भारतसँग ९ विकेटले पराजित भएको थियो । भारत पनि सुपर फोरमा पुगेको छ । मंगलबार हुने नेपाल र भारतबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ । किन्नारा क्रिकेट ओभल मैदानमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट