आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

घिरिङमा दोस्रो सिकाई उपलब्धि मुल्याङकन परीक्षा आजबाट सुरु 


  • समाचार कुञ्ज
  • २०८१ पौष ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • समर रानाभाट, ०४ पुष , तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयमा आज विहिवारदेखि  सिकाइ उपलब्धि  परीक्षा सुरु भएको छ  । सिकाई उपलब्धि मूल्याङन परिक्षा  गाउँपालिकाभित्र  रहेका ३७ वटा विद्यालयमा आजबाट परीक्षा सञ्चालन भएको घिरिङ गाउँपालिका शिक्षा शाखा प्रमुख तथा परिक्षा समितिका संयोजक कृष्ण प्रसाद सुवेदीले जानकारी दिनु भयो । 

    ४ कक्षादेखि १० कक्षासम्मका  ३ हजार १ सय ३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्,। गाउँपालिका स्तरीय परिक्षाको प्रश्न पत्र पिन्टका लागि लाग्ने आर्थीक खर्च गाउँपालिकाले व्यवस्था गरेको परिक्षा समितिका संयोजक सुवेदीले  बताउनु भयो । 

     परीक्षा सञ्चालन पुष- ०४ गते विहिवार  देखि पुष १२ गते सम्म हुनेछ । पहिलो दिन बालविकास देखि कक्षा -३ सम्म  अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ,भने  कक्षा -४ र ५ को अनिवार्य नेपाली हुनेछ । यस्तै,कक्षा ६ – देखि १० सम्म अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने परीक्षा संयोजक सुवेदीले जानकारी दिनुभयो ।

    घिरिङ गाउँपालिका शिक्षा शाखाको  क्यालेण्डरअनुसार दोस्रो सिकाई उपलब्धि मुल्याङकन परीक्षा सुरु गरिएको यहाँले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट