आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

थानी आधारभूत बिधालयका बिद्यार्थी लाई गुरुङ्ग द्वारा पोसाक बितरण।


  • समाचार कुञ्ज
  • २०८१ पौष ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • पुस ०४ अन्जान परियार,घिरिङ।
    घिरिङ गाउँपालिका -३ नेवापानी स्थित श्री थानी आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रामचन्द्र गुरुङ्ग र पत्नी हयन ओ ले बिद्यार्थी पोसाक तथा शैक्षिक सामाग्री सहयोग गरेका छन। हाल अष्ट्रेलियामा रहेका गुरुङ्गले करिब १ लाख बराबरको उक्त सामाग्री उनका पिता पर्शुराम गुरुङ्ग र माता तिल कुमारी गुरुङ्ग मार्फत बितरण गरेका हुन। 

    बिहिवार बिधालयमा एक कार्यक्रमको आयोजना गरि गुरुङ्ग दम्पतीले २२ जना बिद्यार्थीहरुलाई ट्र्याकसुट सेट, जुत्ता, झोला र कापी कलम हस्तान्तरण गरेका  हुन। यहि गाउँपालिका वडा नं ५ को सरस्वती माध्यमिक बिधालयका पुर्ब प्रधानाध्यापक समेत रहेका पर्शुराम गुरुङ्गले सामाग्री हस्तान्तरण गर्दै बिद्यार्थीहरुको उज्ज्वल भबिस्य र बिधालयको प्रगतिको कामना गरेका छन। उनले उक्त बिधालयको स्थापना गर्दा विभिन्न अबरोध झेल्नु परेको स्मरण गर्दै हाल सम्मको अबस्थामा आइपुग्दा बिधालयको भौतिक संरचना र शैक्षिक गुणस्तरमा समेत उपलब्धि देखिएको बताए। गुरुङ्गले जाडो मौसमलाई लक्षित गरि बितरण गरिएको पोसाकले बिद्यार्थीहरुलाई राहत मिल्ने बिश्वास गरेको जनाए।

    सो कार्यक्रमका अध्यक्ष तथा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रण बहादुर गुरुङ्गले अभिभावक र विभिन्न ब्यक्तित्व हरुको सहयोगको कारण मर्ज हुन बाट जोगिएकोले स्थानीय बिद्यार्थी लाभान्वित भएको बताए। साथै बिधालयको तर्फ बाट सहयोगी गुरुङ्ग परिवारलाई धन्यवाद ब्यक्त गर्दै सम्मान पत्र प्रदान गरेका थिए।पोसाक पाए पछि बिद्यार्थीहरुमा खुसी छाएको छ।

    उक्त कार्यक्रममा बिशिस्ट अतिथी वडा -३ का सदस्य लोक गुरुङ्ग, गुरुङ्ग समाज भिमादका अध्यक्ष धर्म वीर गुरुङ्ग, पुर्व बिधालय ब्यवस्थापन समिती अध्यक्ष डिल बहादुर गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए। बिधालयका प्रधानाध्यापक हिरा सिं थापाले कार्यक्रम संचालन गरेका थिए भने शिक्षिका मामिला थापाले स्वागत मन्तब्य राखेकी थिइन साथमा नेवापानी नौमती बाजा समुह द्वारा स्वागत गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट