आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घुम्ति शिविरमार्फत शुनपा–१० मा वडाबाटै योजना सम्झौता, जेष्ठ नागरिक परिचय पत्र वितरण 


  • समाचार कुञ्ज
  • २०८१ पौष ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • दुलेगौंडा, ०५ पुस । शुक्लागण्डकी नगरपालिकाले वडा नं. १० मा गएर योजना सम्झौता गरेको छ । वडा परिसरमा आयोजित घुम्ति शिविरमा २५ वटा योजना सम्झौता गरिएको वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । यसमध्य २ वटा नगरस्तरीय योजना सम्झौता छ ।  
    चालु आर्थिक वर्ष २०८१÷८२ मा नगरसभाबाट पारित भई वडामा सञ्चालन हुने वडास्तरीय योजना सम्झौता गरिएको हो । हालसम्म पनि सम्झौता हुन नआएका योजनाको उपभोक्ताको सहजताकोलागि वडाबाटै योजना सम्झौता गरिएको उनले जानकारी दिए ।  वडामा ७१ वटा योजनामा रकम विनियोजन गरिएको छ । 

    वडा कार्यालयमा हुने सम्झौतामा उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपी, योजनाको लागत सहभागिताको बापतको रकम, योजना सम्झौताको निर्णयको प्रतिलिपी र प्राविधिकबाट तयार गरिएको लागत स्टमेट कागजपत्र समावेश गरि सम्झौता गरिएको हो ।  नगरपालिका कार्यालयबाट हुदै आएको योजना सम्झौता उपभोक्तालाई सहज र योजना समयै सम्पन्न गराउने उदेश्यले वडाबाट सो कार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । उनले नागरिकको घरदैलोमा गएर सेवा दिनु तल्लो सरकारको महत्वपूर्ण कार्य भएको बताए । शिविरमा योजना शाखा, आर्थिक विकास शाखा, प्राविधिकसँगै जनप्रतिनिधीको सहभागिता रहेको थियो । । सोहि अवसरमा जेष्ठ नागरिक परिचयपत्र वितरण गरिनुका साथै स्वास्थ्य परिक्षण गरिएको थियो । साथै करिव १ सय जना किसानलाई आलुमा लाग्ने अगौटे तथा पछौटे डढुवाको औषधी, भिटमिन, किटनाशक औषधी र पशुको जुका, माटे र एन्टिबायोटिक औषधी वितरण गरिएको थियो ।शुकला गण्डकी एफएम

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट