आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

प्रभु पौडेलको स्वर र शब्द रहेको ‘ आई लभ अलवैज ’ म्युजिक भिडियो सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८१ पौष ९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं : प्रभु पौडेलको स्वर र शब्द रहेको अंग्रेजी भाषामा बनेको ‘ आई लभ अलवैज ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत भिडियोमा बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको छ, भने म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । उक्त गीतको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन्, भने सहायक निर्देशकमा जीवन भण्डारी रहेका छन् ।

    यस्तै, उक्त गीतको सम्पादकमा विकास दाहालले रहेका छन्, भने श्रींगारमा सरिता मगर रहेकी छिन् । म्युजिक भिडियो स्विट मेलोडी म्युजिकबाट सार्वजनिक गरिएको छ । भिडियोमा मोडेल बिमल अधिकारी र साया भण्डारीको निकै सुन्दर अभिनय देख्न सकिन्छ । 
    https://youtu.be/rAyAcy77gSo?si=jtsjxeTKJTu2J261

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट