आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तनहुँ र नवलपुरका विभिन्न पालिकामा पाँच दिन दिउँसो विद्युत अवरुद्ध हुने


  • समाचार कुञ्ज
  • २०८१ पौष १२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • दुलेगौंडा, १२  पुष । विद्युतीय संरचना स्तरोन्नतीकोलागि तनहुँ र नवलपुरका विभिन्न पालिकामा विद्युत अवरुद्ध हुने भएको छ । 
    म्याग्दे–५ को दोभानदेखि भिमाद–६ को लखनचोकसम्म विद्युतीय लाइन स्तरोन्नती हुने भएकाले पुष ११ देखि पुष १८ गते विहान ९ देखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो । 

    नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले विहिवार निकालेको सुचनामा भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिकामा विद्युत सेवा अवरुछ हुने उल्लेख छ । तोकिएको अवधि भन्दा चाडै काम सम्पन्न भएमा  सो अवधि अगावै पनि विद्युत सुचारु हुन सक्ने केन्द्रले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट