आज: २०८३ जेष्ठ २०, बुधबार | Wed, 03, Jun, 2026

घिरिङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण


  • समाचार कुञ्ज
  • २०८१ पौष १७, बुधबार मा प्रकाशित १ साल अघि
  • २३ पाठक संख्या
  • पुष १७, समर रानाभाट
    घिरिङ  गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिकाको समन्वयमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।

     घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले राष्ट्रिय परिचयपत्र वितरणको कार्य प्रराम्भ हिजो गर्नु भएको थियो ।पहिलो चरणको वितरण कार्य  पुष १४ गते मंगलबार ३ नम्वर वडामा परिचयपत्र वितरण गरिएको  हो । यसैक्रममा  सबै वडाबाट परिचयपत्र वितरण गर्ने कार्ययोजना रहेको छ । सेवा प्रवाहलाई छिटो, छरितो बनाउन वडाबाटै वितरण गरिएको   गाउँपालिका अध्यक्ष थापाले  बताउनुभयो । 

    यस घिरिङ गाउँपालिकाबाट जिल्ला प्रशासन  कार्यालय  तनहुँ बाट राष्ट्रिय परिचयपत्रको  फाराम भर्ने पहिलो चरणमा २३९९र थप १२९४ गरि राष्ट्रिय  परिचयपत्रको कार्डहरू वितरण गरिएको पंञ्जिकरण शाखाले बताएको छ ।वडास्तरमा पुगेर परिचयपत्र वितरण गर्दा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट