आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

वालवालिकाको साथी नेपाल (FoC Nep कक्षा ८, १० र १२ मा अध्ययनरत बोर्ड परीक्षा तयारी छात्रवृत्ति वितरण 


  • समाचार कुञ्ज
  • २०८१ पौष २०, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • वालवालिकाको साथी नेपाल (FoC Nepal) ले विगत वर्षहरुमा जस्तै आफ्नो वार्षिक कार्यक्रम अनुसार कक्षा ८, १०  र १२ मा अध्ययनरत बोर्ड परीक्षा तयारीमा रहेका कार्यक्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। 

    विद्यालयले छनौट गरी पठाएका विद्यार्थीहरू कक्षा ८  ले रु २०००।- कक्षा १० ले रु ४०००।- र कक्षा १२ ले रु ६०००।- नगद रकम प्राप्त गरेका छन्। 

    कार्यक्रम श्री डेढगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको थियो। कार्यक्रम श्री डेढगाउँ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वाल प्रसाद ठाडाको अध्यक्षतामा, प्रमुख अतिथि बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझाको प्रमुख आतिथ्यतामा र बौदीकाली गाउँपालिका २ नम्बर वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठको विशिष्ट आतिथ्यतामा सञ्चालन भएको थियो। 

    छात्रवृत्ति वितरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवम श्री डेढगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री गंगा विश्वकर्मा, श्री डेढगाउँ माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष श्री यादव प्रसाद ओझा, The Club Hundred का अध्यक्ष श्री दण्डपाणि कोइराला, कोष अध्यक्ष रूपनारायण ओझा, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो। संस्थाले जम्मा ५६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट