आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

शुक्लागण्डकीको न्यायिक सहजर्कतामा पौडेल नियुक्त


  • समाचार कुञ्ज
  • २०८१ माघ ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • दुलेगौंडा, ३ माघ  । शुक्लागण्डकी नगरपालिकामा नियुक्त भएका न्यायिक सहकजकर्ता चेत नारायण पौडेलले प्रदभार ग्रहण गरेका छन् । नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक खुम बहादुर विक राजु, न्यायिक समिति सदस्यहरु, मेलमिलापकर्ताको उपस्थितिमा पौडेललाई बुधवार स्वागत गरिएको थियो । गण्डकी प्रदेश सरकारले ६५ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्त गरेको हो । शुक्लागण्डकीमा दुई जनाले उम्मेदवारी दिएकोमा पौडेल छनौट भएका हुन् । उनी २०७४ सालदेखिनै शुक्लागण्डकीमा न्यायिक सल्लाहकारको रुपमा कार्यरत थिए ।  प्रदेश सरकार र पालिकाको सह लगानीमा पारिश्रमिक बेहोर्ने गरी न्यायिक सहजकर्ताको व्यवस्था गरिएको हो । उनीहरूलाई स्थानीय सरकार अन्तर्गत सातौँ तहको कर्मचारी सरह सुविधा उपलब्ध गराइने छ । न्यायिक सहजकर्ताले स्थानीय सरकारलाई आइपर्ने संवैधानिक र कानुनी जटिलता समाधानका लागि सल्लाह दिने नगर उपप्रमुख विकले बताए । न्यायिक सहजकर्ताले सरकारको तर्फबाट मुद्दा मामिलामा प्रतिरक्षा गर्ने, पैरवी गर्नुका साथै मुद्दा लेखनमा पनि सहयोग गर्नेछन् । न्यायिक समितिका धेरै बैठकहरूमा कानुनको कर्मचारी आवश्यक भएको आवाज उठाइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट