आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

प्रेस चौतारी तनहुँको अधिवेशन माघ २२ गते


  • समाचार कुञ्ज
  • २०८१ माघ १०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • दमौली, १० माघ । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । शाखाको आज सम्पन्न बैठकले अधिवेशन मिति तय गरेको हो । 

        प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर अधिवेशन गर्ने निर्णय गरिएको सचिव ऋषिकान्त दुवाडीले जानकारी दिनुभयो । 

    बैठकले शाखा अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । जसअनुसार प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रचारप्रसार उपसमितिमा सचिव ऋषिकान्त दुवाडी, आर्थिक सङ्कलन उपसमितिमा उपाध्यक्ष कृष्ण न्यौपाने, स्वागत सत्कार उपसमितिमा उपाध्यक्ष सम्झना रसाइली र खाना खाजा व्यवस्थापन उपसमितिमा सहसचिव किरण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ । 

    बैठकले प्रेस चौतारी नेपाल तनहुँबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासङ्घ तनहुँको विभिन्न पदमा निर्वाचित भएकालाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । 

    पत्रकारिता पुरस्कार श्रेष्ठलाई
        
        यस्तै प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिने भएको छ । बैठकले शाखामा स्थापित उक्त पुरस्कार पूर्व अध्यक्ष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो । 

    उक्त पुरस्कार शाखाको आगामी माघ २२ गते स्थापना दिवसका अवसरमा आयोजना हुने जिल्ला अधिवेशनका क्रममा प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । 

    प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । 

    यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, बसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसकेका छन् ।
    बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई र अध्यक्ष राजकुमार श्रेष्ठ विविले शाखाको अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी थाल्न आग्रह गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट