आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहको चौथो साधारण सभा सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८१ माघ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • माघ १२, कावासोती,

    देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहको चौथो साधारण सभा भएको छ । 
    नवलपुरको हुप्सेकोट ३ मा रहेको खानेपानी संस्थाले एक औपचारीक कार्यक्रमका बिच चौथो साधारण सभा गरेको हो ।
    संस्थाका अध्यक्ष ओमन सिंह रजाली मगरको अध्यक्षता तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवम् हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
    सभामा सँस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष रजाली, प्रगति प्रतिवेदन सचिव टेकनाथ सिग्देल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष निरमाया थापा मगरले प्रस्तुत गर्नु भएको थियो । 
    कार्यक्रममा संस्थाले अहिलेसम्म कुल ३ हजार ९ सय ५३ उपभोक्ता र विभिन्न सामुदायिक वनमा धारा जडान गरेको बताइएको छ । 
    त्यस्तै यस अवधिमा २३ धारा काटिएको, २२ धारा जोड्न बाँकी  रहेको साथै ८० वटा धाराहरु अस्थायीरुपमा वन्द भएको अध्यक्ष रजालीले जानकारी दिनु भयो । 
    सँस्थाले गत भदौ एक गतेदेखि असोज ५ गतेसम्म ४३ वटा घरधुरीका उपभोक्ताहरुलाई सहुलियतदरमा धारा जडान गरिदिएको बताउनु भयो  ।
    यस्तै कार्यक्रममा जिल्ला खानेपानी महासँघका अध्यक्ष एवम् प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्थाका अध्यक्ष खिमानन्द भुषाल, हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुली, खानेपानी डिभिजन कार्यालय इकाइ प्रमुख महेन्द्र अचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा हुप्सेकोट गाउँपालिका वडा नं. एक का वडाध्यक्ष प्रेम थापा, २ का वडाध्यक्ष कृष्ण वहादुर थापा, ३ का वडाध्यक्ष विष्णु राना, ४ का वडाध्यक्ष महेन्द्र पाण्डे, नेकपा एमाले हुप्सेकोटका अध्यक्ष गन वहादुर सारु, नेकपा माओवादी केन्द्र हुप्सेकोटका सहसचिव चोलाकान्त तिवारी, जनामोर्चा हुप्सेकोट अध्यक्ष मिन वहादुर लामा, राप्रपा हुप्सेकोट अध्यक्ष ओम लामा, नेसपा हुप्सेकोटका प्रतिनिधि पिताम्बर कोइराला, देजोमो हुप्सेकाटका अध्यक्ष याम वहादुर सोमै, हुप्सेकोट गाउँपालिकाका प्रवत्ता रेवती सारु लगायतको आतिथ्यता रहेका थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट