आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

घिरिङमा निशुल्क आखाँ जाँच शिविर, ३० जनाको मोतियाबिन्दुको शल्यक्रिया हुने


  • समाचार कुञ्ज
  • २०८१ माघ २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • अन्जान परियार । घिरिङ, माघ २४

    घिरिङ गाउँपालिकामा आयोजित निशुल्क आँखा जाँच शिविरमा ७ सय १ जनाले आँखा परिक्षण गराएका छन् । घिरिङ गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा माघ २३ देखि संचालन भएको तीन दिने शिविरमा परिक्षण गराएका मध्ये ३० जनालाई शुक्रवार मोतिबिन्दुको सल्यक्रिया गरिने भएको छ ।

    शिविरको पहिलो दिन २३ गते वडा नम्बर ५ स्थित कामधेनु माध्यमिक बिधालय प्राङ्गणमा ४१७ जनाले परिक्षण गराएकोमा २० जना मोतिबिन्दु र १५ जनाको जलबिन्दु देखिएको थियो । यसैगरी शिविरको दोस्रो दिन २४ गते वडा नम्बर २ को राष्ट्रिय माध्यमिक बिधालय प्राङ्गणमा २ सय ८४ जनाले आँखा परिक्षण गराएकोमा १० जनामा मोतिबिन्दु लागेको प्रमाणित भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

    उक्त आँखा जाँच शिविरमा मोदिबिन्दु देखिएका ३० जना विरामीहरुको आज शुक्रबार वडा नम्बर ३ स्थित सुन्धारा स्वास्थ्य चौकिमा थप परिक्षण गरि निशुल्क सल्यक्रिया गरिने रिमालले बताए । उक्त शिविरमा आँखा कमजोर भएकालाई निशुल्क चस्मा र औषधि समेत बितरण गरिएको थियो ।

    शिविरको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट