
समाचार कुञ्ज प्रेस चाैतारी नेपाल गण्डकी प्रदेश कमिटीकाे दाेस्राे अधिवेशन अमलटारी हाेमस्टे नवलपुरमा सम्पन्न भएको छ । अधिवेशनले ईन्द्रप्रसाद पौडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिकाे उपाध्यक्षमा इतराज गुरुङ , महिला उपाध्यक्षमा रज्जिता शर्मा , महासचिवमा आश गुरुङ र कोषाध्यक्षमा मदन तिमल्सीना चयन भएका छन् । समितिमा काेशाध्यक्ष बनेका तिमिल्सिना तनहुँका हुन् । यस्तै समितिकाे सचिवहरुमा गौरव त्रिपाठी, गोपाल जीटी , सिर्जना बराल , बालकृष्ण सुवेदी र डिल बहादुर विक लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस