आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पोखराबाट विराटनगर जाँदै गरेको यात्रु बस तनहुँमा तोडफोड


  • समाचार कुञ्ज
  • २०८१ फागुन ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • पोखरा । पोखराबाट विराटनगर जाँदै गरेको यात्रु बस तनहुँमा तोडफोड भएको छ । 

    आज साँझ करिब ५ः३० बजे तनहुँ शुक्लागण्डकी नगरपालिकाको शेराटारमा अज्ञात समूहले बागमती प्रदेश ०३-००१-६३३४ नम्बरकाे बसमाथि ढुंगा प्रहार गरेर तोडफोड गरेको हो ।

    दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा आएको समूहले बसमा तोडफोड गरी भागेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

    उनीहरुको पहिचान र साधन नम्बर खुल्न नसकेको, खाेजी र घटनाबारे अनुसन्धान भइरहेको थापाले बताए ।

    तोडफोड भएको बस ब्याक गर्ने क्रममा पोखराबाट धरान जाँदै गरेको बाप्र०१-००६-५८८४ नम्बरको बससँगै ठोक्किएको र उक्त बसको पछाडि पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग१ज ३८०५ नम्बरको इभी ट्याक्सी ठोक्किएको थियो ।

    छडाडिपट्टी ठोक्किएको बसको अगाडिको सीसा फुटेको छ भने ट्याक्सीमा ठूलो क्षति पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट