आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

अन्श सापकोटाको जन्मदिनको अवसरमा जनकल्याण मा.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


  • समाचार कुञ्ज
  • २०८१ फागुन ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३६ पाठक संख्या
  •  तिर्थराज काफ्ले कावासोती, नवलपुर – रोट्राक्ट क्लब अफ कावासोतीका प्रस्तावित सदस्य तथा कावासोती-८ निवासी लक्ष्मी  सापकोटाका सुपुत्र अन्श सापकोटाको जन्मदिनको अवसरमा जनकल्याण मा.वि., कावासोतीमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

    ghiring

    ghiring

    शुक्रबार आयोजित जन्मोत्सव विशेष कार्यक्रममा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रम क्लबका अध्यक्ष गोबिन्द सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    अन्श सापकोटाका अभिभावकले आफ्नो सन्तानको जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुशी लागेको बताउनुभयो। विद्यालयका प्रतिनिधिहरूले समेत यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट