
समाचार कुञ्ज नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँकाे प्रवक्तामा रिमबहादुर आले मनाेनित भएका छन् । नेविसंघको विद्यान, २०२७ (सातौं संशोधन २०७५) अनुसार आले लाई नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँको प्रवक्ता पदमा मनोनित गरेको जिल्ला अध्यक्ष आशिष कैनीले बताए ।
नेपाल विद्यार्थी संघको विधि विद्यान र मर्यादा भित्र रहेर संघको मुल्य, मान्यता र आदर्शलाई उच्च राखी संघलाई गतिशिल बनाउने गरी प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न अध्यक्ष कैनीले आव्ह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस