
समाचार कुञ्ज कावासाेती
बौदीकाली गाउँपालिकाले फागुन १५ गते स्थानीय बिदा दिने निर्णय गरेको छ। ३४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थासहित सम्पूर्ण कार्यालयहरूमा बिदा दिइनेछ।
गाउँपालिकाले यस सम्बन्धमा सुचना जारी गर्दै यस निर्णय गाउँकार्यपालिकाको मिति २०८१ फागुन ०९ गतेको निर्णयानुसार बिदा दिन लागिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस