आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

भिमादबाट हराएका महेश सुवेदीको शव भेटियो


  • समाचार कुञ्ज
  • २०८१ फागुन २२, बिहिबार मा प्रकाशित १२ महिना अघि
  • ४ पाठक संख्या
  • तनहुँ । फागुन २१

    तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीका ३६ वर्षीय महेश सुवेदी गत फागुन १७ गतेदेखी बेपत्ता भएका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् । उनी बेपत्ता भएपछि खोजीका लागि परिवार तथा आफन्तले अपिल गरेका छन् । उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् ।

    हाल नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ३ मध्यविन्दु टोल बस्दै आएका महेश भतिजहरुको व्रतबन्धको लागि धरमपानी पुगेका थिए । ब्रतबन्धपछि राति ठूलोबुवाको घरमा सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए । उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू ‘कहाँ छु भन्ने थाहा नभएको’ बताए लगत्तै मोबाइल स्विचअफ भएको महेशका दाजु तथा भिमाद नपा वडा नम्बर २ का सचिव गोपालकृष्ण सुवेदीले जानकारी दिए ।

    ‘राति सँगै सुतेका भाइ बिहान कोठामा हेर्दा थिएनन् र लगत्तै फोन गर्दा सवा ५ बजे भएको थियो । उनले म कहिले गगनगौंडा त कहिले हेमजामाथि जंगलमा भएको र पछि आफू कहाँ छु भन्ने थाहा नपाएको बताएका थिए,’ वडासचिवसमेत रहेका दाजु गोपालकृष्णले भने, ‘मोबाइल अफ भएलगत्तै खोजी कार्य थाल्यौं । प्रहरीलाई जानकारीसमेत गरायौं तर उनी अहिलेसम्म भेटिएका छैनन् ।’ महेश बेपत्ता भएको पाँच दिन भइसक्दा पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजीका लागि हारगुहार गरिएको भाइ दिनेश सुवेदीले बताए ।

    प्रहरीले मोबाइलको लोकेसेन ट्रयाकिङ गर्दा तनहुँ, स्याङ्जा र पाल्पाको सीमा क्षेत्र स्याङ्जाको साँखर भन्ने ठाउँमा रहेको नेपाल टेलिकमको टावरको सम्पर्कमा देखिएको थियो । प्रहरीका अनुसार सो टावरका उत्तरपश्चिम क्षेत्रमा मोबाइल अफ भएको देखिएको छ । परिवार तथा आफन्तले सो क्षेत्रमासमेत खोजी गरिसकेका छन् भने सो क्षेत्रमा कसैले पनि उनलाई नदेखेको बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले छिमेकी जिल्ला र अन्य प्रहरी कार्यालयमा पनि सुवेदीको विवरण पठाएर सर्कुलर गरेको छ । उनको कल डिटेल मगाएर लोकेसन विश्लेषण गर्ने काम भइरहेको र अहिले नै उनको एकीन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । महेश र जेठी छोरी कावासोतीमा तथा स्वास्थ्यकर्मीसमेत रहेकी श्रीमती र कान्छी छोरी लमजुङ बस्दै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट