
समाचार कुञ्ज कावासाेती
नवलपुरको मध्यबिन्दु नगरपालिका–९, बसन्तपुरमा अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, मगलबार दिउँसो ४:०० बजे चालिसकिलोबाट बसन्तपुरतर्फ जाँदै गरेको ग.प्र. ०४-००१ह ००९४ नम्बरको अटो अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी ४५ वर्षीय कर्ण बहादुर गाहा घाइते भएका छन्।
घाइते गाहालाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस