आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

राप्रपा शुक्लागण्डकी–९ मा केशव सर्वसम्मत


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ४, सोमबार मा प्रकाशित ११ महिना अघि
  • ४ पाठक संख्या
  • दुलेगौंडा, ४ चैत । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकी वडा नं ९ को प्रथम वडा अधिबेशनबाट केशब राज पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको छ । घारीमा आइतवार भएको अधिवेशनले उपाध्यक्षमा  राधा अधिकारी, सचिवमा  राधीका मल्ल, सहसचिवमा श्रृजना वि.क, कोषाध्यक्षमा सुर्य पौडेल सर्वसम्मत भए । सदस्यहरुमा सुकनारायण श्रेष्ठ , टीका श्री गुरुङ ,  लुम बहादुर थापा क्षेत्री, सागर पाठक, गजेन्द्र थापा, इश्वर राना, बिना परियार, ललीला थापा, सन्तोष गुरुङ , ईन्द्रा केसी, जोख बहादुर वि.क, श्री बाँनिया,  सुनिता सुनार , नन्दबहादुर गोदार रहेका छन् ।  सल्लाहकारमा जंगबहादुर गोदार ,दिनानाथ भण्डारी , वसन्त रिमाल, खिम राज गैह्रे, गोकुल प्रसाद देवकोटा ,ऐनबहादुर कुवँर क्षेत्री, फत्तसिङ गुरुङ रहेका छन् । सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष बिनोद घर्तीले सफल कार्यकालको शुभकामना दिदै जनताको सेवामा लाग्न आग्रह गरे । कार्यक्रममा  जिल्ला सचिव हेतमान कायस्थ, क्षेत्रीय अध्यक्ष रामकुमारी भुषाल, नगर अध्यक्ष बोधराज शर्मा गैहे्र लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट