आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मध्यबिन्दु नगरपालिकाले साझा बस सेवा सञ्चालनमा ल्यायो


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ४, सोमबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • पुर्वी नवलपरासी — मध्यबिन्दु नगरपालिकाले नगरबासीहरूको सुविधालाई ध्यानमा राख्दै साझा बस सेवा सञ्चालनमा ल्याएको छ। मध्यबिन्दु नगरपालिका-१५ हर्राबस्टारदेखि भरतपुरसम्म दैनिक बस सञ्चालन गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिए।

    उक्त बस प्रत्येक बिहान ७ बजे हर्राबस्टारबाट छुट्नेछ भने दिउँसो २ बजे भरतपुरबाट फर्कने कार्यतालिका रहेको छ। नगरपालिकाले यातायात सेवा विस्तार गर्दै नगरवासीलाई सहज आवागमनको सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।

    नगरपालिकाले साझा बस सेवा सञ्चालन गरेसँगै नगरबासीलाई आर्थिक रूपमा सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट