आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बारबरा फाउण्डेसनद्दारा ‘ खोजमूलक पत्रकारिता पुरस्कार -२०८२ आह्वान


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ७, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । बारबरा फाउण्डेसनबाट प्रदान गरिने ‘ पत्रकारिता पुरस्कार – २०८२ ’ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ । पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउण्डेसनद्वारा जारी सूचनामा जनाइएको छ । सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउण्डेसनको भनाइ छ । उक्त पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत प्रभाव देखाउन सक्ने स्तरको सोध / खोजलाई विशेष प्राथमिकता दिएर तयार गरेको सामग्री हुनु पर्ने सूचनामा उल्लेख छ ।

    प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित / प्रसारित भएको हुनु पर्ने फाउण्डेसनले जनाएको छ । उक्त लेख रचनाहरू बारेको आवेदन जोजस्ले दिए पनि ( प्रकाशक, पत्रकार, दर्शक, श्रोता वा पाठक ) माझ स्वीकार्य भएको हुनु पर्ने तथा आवेदकले आफ्नो लेख रचना समावेश गर्दा लेखकको व्यक्तिगत परिचय स्पष्ट रुपमा खुलाएर आवेदन दिन सक्ने सूचनामा भनिएको छ । यसै वर्ष बैशाख २०८१ सालदेखि चैत २०८१ सम्म ( १२ महिना ) भित्र प्रकाशन / प्रसारणमा भइसकेका अनुसन्धानमूलक समाचार / सामग्रीले प्रतिस्तर्धामा सहभागी हुन पाउने सूचनामा जनाइएको छ । बारबरा फाउण्डेसन, बालुवाटार, काठमाडौंको पोष्ट बक्स नम्बर १९८५५, फोन नम्बर ९८४३७७३८१७ तथा इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाइको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट