आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी


  • समाचार कुञ्ज
  • २०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् ।

    बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए । त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उनले बताए ।

    ‘सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले । चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर निकालेर गाडीमा आगो लगाए । हामी दुवैजना सकुशल छौं’, उनले भने ।परियारले आफूलाई नचिनिकन गाडीमा आगजनी गरिएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट