आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

भिमादमा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविरमा २५५ जनाले स्वास्थ्य परिक्षण गराए


  • समाचार कुञ्ज
  • २०८१ चैत्र १६, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • चैत्र १५ अन्जान परियार, भिमाद।
    तनहुँको भिमाद नगरपालिकामा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविर सम्पन्न भएको छ। यस शिविरमा २ सय ५५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए, जसमा ५ जनामा क्षयरोगको पुष्टि भएको छ। यो शिविर प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र भिमाद नगरपालिकाको संयुक्त आयोजनामा आयोजित भएको हो, जसमा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो।
    शिविरको उद्देश्य एक्स-रेको माध्यमबाट क्षयरोग संक्रमणको पहिचान गर्ने रहेको जनस्वास्थ्य अधिकृत सुनिता धरेलले जानकारी दिइन्। उनले ५ जनामा क्षयरोगको लक्षण पुष्टि भएपछि, थप शंका लागेका बिरामीहरूको खकार परीक्षणका लागि प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा पठाइएको बताइन।
    वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले गरेका थिए। नगरप्रमुख सुवेदीले स्वास्थ्य परीक्षणको महत्त्व र हस्पिटल जान नसक्ने नागरिकलाई नजिकैको शिविरमा सहभागी हुन आग्रह गरे। उनले भनें, “स्वास्थ्य परीक्षण नियमितरूपमा गर्दा लाभ हुन्छ।”
    यस कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी पूर्णिमा नेपालीले गरेकी थिइन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट