आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

FoC को ११ औं साधारण सभा आज चैत्र १६, २०८१ (मार्च २९, २०२५) मा सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८१ चैत्र १६, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ७ पाठक संख्या
  • विगत १३ वर्षदेखि बौदीकाली गाउँपालिका क्षेत्रमा र हाल तनहुँको घिरिङ गाउँपालिका साथै र निशिखोला गाउँपालिका वाग्लुङमा वालवालिकाको शिक्षा क्षेत्रमा कार्य गर्दै आइरहेको स्थानीय गैह्र सरकारी संस्था वालवालिकाको साथी नेपाल संस्थाको ११ औं वार्षिक साधारण सभा तथा अधिवेशन संस्थाका साधारण सदस्यहरू र सल्लाहकार साथै सरोकरवालाहरुको उपस्थितिमा संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भयो। 

    कार्यक्रम संस्थाका अध्यक्ष श्री दीपेन्द्र वि. क. काे अध्यक्षतामा, बौदीकाली गाउँपालिका २ नम्बर वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रम सचिव श्री वीर बहादुर वि. क. ले सञ्चालन गर्नु भएको थियो। संस्थाका संस्थापक अध्यक्ष श्री गंगा विश्वकर्माले उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्दै संस्थाको कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो। वरिष्ठ समाजसेवी श्री डा. गोपाल खनाल, संस्थाका सल्लाहकार श्री होम नाथ भट्टराई, श्री मेघ बहादुर ठाडाले संस्थाको विगतका कार्यक्रमहरु र आगामी कार्यक्रम बारेमा बोल्नु  भएको थियो।

    अधिवेशनले पुन: दीपेन्द्र वि. क. काे अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट