आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कृष्णगण्डकी साकोस बौदिकाली -२ नवलपुरले ६८औ राष्ट्रिय सहकारी दिवस मनायो


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २०, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • कृष्णगण्डकी साकोस बौदिकाली -२ डेढगाउ नवलपुरले डेढगाउ अकलादेबी मंदिर परिसर सरसफाई गरेर ६८औ राष्ट्रिय सहकारी दिवसमा एक कार्यक्रम  गरेको छ । संस्थाका सल्लहकार , संचालक समिति , लेखा समिति , बिभिन्न उप समिति, संस्थाका कर्मचारी संगै उत्साह पुर्वक उपस्थित संस्थाका सदस्यहरू , स्थानिय, अकलामंदिर श्रीमद भागवत महापुराण समिति , अकलादेबी मंदिर ब्यवस्थापन समिति संगै  मंदिर दर्शन गर्न आउनुभएका दर्शनार्थीहरूको उपस्थिति एवं सक्रियतामा मंदिर वरपर बृहत सरसफाई कार्यक्रम गरिएको हो ।
       सहकारी संस्थाको बार्षिक कार्यक्रम अनुसार बर्षेनी यहि मितिमा मंदिर सरसफाई र मंदिरमा आवस्यक सहयोग कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिईएको  सहकारी अध्यक्षले बताए । सो अवसरमा संस्थाको तर्फबाट मंदिर परिसरमा संचालित महायज्ञलाई रू ११,१११/- समेत प्रदान गरिएको थियो भने संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्यक बर्ष बिभिन्न समयमा रक्तदान कार्यक्रम , बित्तिय साक्षरता कार्यक्रम , कर सचेतना कार्यक्रम , पशुपालक कृषकहरूलाई अभिमुखिकरण कार्यक्रम , शेयर सदस्य क्षमता अभिबृद्धी कार्यक्रम ,तिज कार्यक्रम ,यस क्षेत्रमा हुने धार्मिक तथा सास्कृतिक कारायक्रम , खेलकुद कृयाकलाब हरू जस्ता कार्यक्रमहरूको संचालन तथा आर्थिक सहयोग जस्ता कृयाकलाबहरूलाई प्राथमिकरणमा लिईरहेको छ ।
                            बौदिकाली क्षेत्रकै उत्कृष्ठ बित्तिय संस्थाका रूपमा रहेको कृष्ण गण्डकी साकोसले बर्षेनी बिभिन्न बिधाहरूमा उत्कृष्ठ र संस्था संचालनमा महत्वपुर्ण भुमिका निभाउने शेयर सदस्य हरूलाई सम्मान, SEE परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थी र बिद्यालयलाई सम्मान संगै आफ्ना सदस्यहरूलाई छिटो छरितो , र सुलब ब्याजदरमा कर्जा र बचतमा  उच्च ब्याजदर प्रदान गर्दै आईरहेको छ भने बौदिकाली गाउपालिका र संगै जोडिएका छिमेकी पाल्पाको निस्दि गाउपालिका , तनहुको घिरिंग र ऋषिंग गाउपालिका र बुलिंगटार गाउपालिकाका जनताहरूलाई प्त्यक्ष बित्तिय सेवा प्रदान गरिराखेको पनि छ । 
                               शेयर सदस्यहरूको बिस्वास संगै संचालकहरूको प्रजात्रान्त्रिक निर्णय र कर्मचारीहरूको मितब्ययी ब्यवहारका कारण छोटो समयमै आफ्नै भवन बाट सेवा संचालन गरिरहेको  संस्थाले आफ्ना शेयर सदस्यहरूलाई बार्षिक रूपमा क्रमशः अवलोकन भ्रमण र उत्साह जनक शेयर बोनस लाई निरन्तरता दिई रहेको छ ।रू २५ हजार भन्दा माथिका शेयर सदस्यहरू सबैको रू ५ लाख बराबरको दुर्घटना बिमा गरिदिएको संस्थाले यसै बर्षबाट रू १० हजार माथिका सबै शेयर सदस्यहरूको दुक्घटना बिमा कार्यक्रम समेत सुरूवात गर्दै छ भने आफ्ना शेयर सदस्यहरू लाई सुत्केरी भेटघाट र सदस्यहरूको निधन हुदा गरिने किरिया खर्च बितरणलाई पनि निरन्तरता दिईराखेको छ । 
                                 कृषि र ब्यवसायिक उत्पादनलाई प्राथमिकतामा राखेर कार्य संचालन गरिरहेको यस संस्थाले आगामी दिनहरूलाई आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउनको लागी बिशेष कार्यक्रम र योजनाहरूको अध्ययन र परिक्षण समेत गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट