आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

प्रधानमन्त्री केपि शर्मा ओली शुक्रबार नवलपुर आउदै


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ४, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ५ पाठक संख्या
  • कावासोती, बैशाख ४
    प्रधानमन्त्री केपि शर्मा ओली भोली (शुक्रबार) नवलपुर आउनुहुने भएको छ । पूर्व – पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुदै गरेको सडक र कालिगण्डकी कोरीडोरको स्थालगत अवलोकनका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली नवलपुर आउन लाग्नु भएको नेकपा एमाले केन्द्रिय सदस्य एवम् नवलपुर जिल्ला इन्चार्ज तिलक महतले जानकारी दिनु भयो । 
    प्रधानमन्त्री केपि शर्मा ओलीले नै शिलान्यास गर्नु भएको नारायणगढ–बुटबल सडकको निर्माणका विषय र बैकल्पीक राजमार्गको रुपमा निर्माण गरीएको कालीगण्डकी कोरीडोर सडकको अवलोकनकालागि प्रधानमन्त्री ओली नवलपुर आउन लाग्नु भएको एमाले जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बताउनु भयो ।
    पूर्व – पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको पुर्व खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको निर्माण कम्पनीले बताएको छ । हाल यस सडकको गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२ दशमलव ५ किलोमिटर कालोपत्र सम्पन्न गरीएको छ ।
    साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट