आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बौदीकालीमा बाबुआमाको कुटपिटबाट चार महिने शिशुको ज्यान गयो


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ९, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ६ पाठक संख्या
  • मध्यविन्दु(नवलपरासी), ९ वैशाख, नवलपरासी(बर्दघाट सुसतापूर्व)को बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिने शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राती मादक पदार्थ सेवन गरी चार महिने छोरा लाई लछारपछार गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो ।
    मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीले देखे पछि उपचारको लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा उपचारको क्रममा शिशुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनु भयो ।
    शिशुको हत्यामा संलग्न रहेका २१ वर्षीय बाबु दीपेन्द्र परियार र ३५ वर्षीय आमा कमला परियार अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।आमा कमला परियार दीपेन्द्र परियार सँग केही वर्ष अघि दोस्रो विवाह गरी आएको स्थानीय सुक बहादुर नेपालीले बताउनु भयो । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट