आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

खोलामा डुबेर एक जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १०, बुधबार मा प्रकाशित १0 महिना अघि
  • ७ पाठक संख्या
  • ज्ञानु पंगेनी , वैशाख १० गते ।

    नवलपरासी पूर्व (नवलपुरको) अरुणखोलामा  नुहाउन गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–१४ बतासा बस्ने ४५ वर्षका टोप बहादुर सिंजाली रहेका छन् । मृतक सिंजाली मृगी रोगी हुनुुहुन्थ्यो । 
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले दिनुभएको जानकारी अनुसार  बुधबार बिहान १० बजेतिरको समयमा खोलामा नुहाउन भनि घरबाट निस्कनुभएका सिंजालीको खोलामा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो  । खोलामा आसपास रहेकाहरुले नुहाउन खोलामा गएको होला भनी वास्ता नगरेको , लामो समयसम्म बाहिर नआएपछि हेर्न जादा सिंजाली मृत भेटिनुभएको थियो । 
    दिउसो पौने तीन बजेतिर बल्ल प्रहरीलाई खबर आएपछि मृतक सिंजालीको शव खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।  शव अहिले मध्यविन्दु प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट