आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पाल्पाको तिनाउमा सडेगलेको अवस्थामा शव फेला


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ६ पाठक संख्या
  • पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका–३ आँपखोला मुहानस्थित वनमा एक जना पुरुषको शव फेला परेको छ । तिलोत्तमा सामुदायिक वनमा सडेगलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन । शवको कंकाल नजिकै हरियो, कालो र सेतो रङ्गको बाहुला भएको स्वीटर, कालो र सेतो मसिनो धर्का भएको पाइन्ट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । शव पहिचान गर्ने र अथ अनुसन्धान गर्ने काम भइरहेको प्रधानले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट