आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पानी ट्याङ्कीको पर्खाल भत्किँदा एक जना मजदुरको मृत्यु तीन जना घाइते 


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ६ पाठक संख्या
  • ज्ञानु पंगेनी,  वैशाख १२ गते ।
     
    नवलपरासी पूर्व ( नवलपुरको ) देवचुलीमा ढुङ्गाको पर्खाल भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
    मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–१४  निवासी २४ वर्षीय नवीन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।  गम्भीर घाईते सिंजालीको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
    अन्य घाइतेहरूमा   सोही ठाउँकै  २८ वर्षीय कुमार परियार, २४ वर्षीय ज्ञानेन्द्र बयाम्बु र ५० वर्षीय कृष्णबहादुर बयाम्बु रहेका छन् । कुमार परियारको भरतपुर र अन्य दुई जनाको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    शुक्रवार बिहान  ९ः४५ बजे तिर देवचुली नगरपालिका–६ मुण्डेस्थित धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको फिल्टर प्लान्ट ट्याङ्कीको ढलान गर्ने क्रममा ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा उक्त घटना भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट