आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, दुई जना गम्भीर घाइते 


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १५, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ५ पाठक संख्या
  • पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 
    मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे । 

    गएराति  १० बजेतिर सिद्धेश्वरको असारेस्थित भित्री सडकखण्डमा लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको थियाे । दुर्घटनामा परेर गम्भीर रहेका तीन जनालाइ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । जिप सडकदेखि दुई सय मिटर तल खसेकाे थियाे । 
    घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । 
    प्रतिनिधिमुलक तस्विर ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट