आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

अभिभावक शिक्षामा रोटरी क्लब अफ डिल्लीबजार


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १७, बुधबार मा प्रकाशित १ साल अघि
  • २९ पाठक संख्या
  • रोटरी क्लब अफ डिल्लीबजारले धादिङको थाक्रे गाँउपालिकाका विभिन्न स्थानहरुमा महिनावारी स्वास्थ्य तथा सरसफाई, हातको सरसफाई, मानसिक स्वास्थ्य लगायतका विषयहरुमा अभिभावक शिक्षा कार्यक्रम संचालन गरेको छ । रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो सामाजिक सेवा अयियान अन्तरगत उन्नती काठमाडौ नेपाल, उस्थी फाउण्डेश र थाक्रे गाँउपालिकासमेतका सहकार्यतामा थाक्रे गाँउपालिकाका विभिन्न वडाहरुमा अभिमुखीकरण तथा मनोपरामर्श सेवाहरु समेत प्रदान गरेको छ ।
    म्हिनावरी स्वास्थ्य तथा दैनिक सरसफाईका साथै समाजमा बढ्दो मानसिक स्वास्थ्यको समेत समस्यालाई सम्वोधन गरी गाँउ समुदायमा नै विज्ञसहितको मनोपरामर्श सेवा पुर्याउनका लागि यी क्रियाकलाप गरिएको रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सागरनिधी तिवारीले बताउनु भयो ।
    मनसिक स्वास्थ्य अहिलेको एउटा महत्वपूर्ण समस्याका रुपमा बढीरहेकोले यसका सम्वन्धमा व्यापक रुपमा सचेतनामूलक अभियान आगामी वर्ष भरी नै संचालन गर्ने कार्यक्रम रहेको रोटरी क्लब अफ डिल्लीबजारका प्रिसीडेन्ट इलेक्ट प्रेम वलीले जानकारी दिनुभयो ।
    रोटरी क्लब अफ डिल्लीबजारले सरकारी, गैरकारी संघ, संस्था र निकायहरुसँग सहकार्यतामा सचेतना, क्षमता विकाश, मानविय सेवा लगायतका कामहरु गर्दै आएको छ । क्लबले यसै वर्ष आफ्नो सामाजिक सेवाका पच्चिस वर्ष मनाएको छ  ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट