आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

ट्रिपर तिनाउमा खस्दा चालककाे मृत्यु


  • समाचार कुञ्ज
  • २०८२ बैशाख २६, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ६ पाठक संख्या
  • पाल्पा

    – सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बेलुकी पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटना हँदा चालक रुपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।
    सडकमा गुड्दै गरेको अवस्थामा टिप्परको टायर अचानक पन्चर हुँदा टिप्पर सडकदेखि ६५ मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट