आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

हाइटेन्सन लाइनमा छोइदाँ करेन्ट लागेर २ महिलाको मृत्यु,


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ८ पाठक संख्या
  • विराटनगर ३१ बैशाख
    करेन्ट लागेर मोरङको रतुवामाईमा २ जनाको मृत्यु भएको छ । एक जना महिला घाइते भएकी छन् । विवाह घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु भएको हो ।  रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो ।  बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । करेन्ट लागेर ३० को राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट