आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

गणतन्त्र दिवसमा सम्मान, स्मृति पार्क निर्माण गर्न माग


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १५, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • ८ पाठक संख्या
  • कावासाेति, जेष्ठ १५
    १८ अाै गणतन्त्र स्थापना दिवसकाे अवसरमा कावासाेति नगरपालिकाद्वारा ७० जनालाई सम्मान गरेकाे छ । नेपाल सरकार गणतन्त्र कुल अायाेजक समितिकाे निर्णय वमाेजिम विभिन्न अान्दाेलनका क्रममा सहिद तथा वेपता व्याक्तिका परिवार र धाईतेहरुलाई सम्मान गर्ने निर्णय वमाेजिम नवलपुर जिल्लाका ७० जनालाई गणतन्त्र दिवस २०८२ काे अवसरमा दाेसल्ला अाेडाएर सम्मान गरेकाे हाे ।
    जिल्ला समन्वय समिति नवलपरासि ब.सु. पुर्वकाे निर्णय बमाेजिम जेष्ठ १५ गते सदरमुकाममा रहेकाे कावासाेति नगरपालिकामा जिल्ला स्तरिय रुपमा गणतन्त्र दिवस २०८२ मनाउने निर्णय अनुरुप कावासाेति नगरपालिकामा १८ अाै गणतन्त्र दिवस मनाईएकाे कावासाेति नगरपालिकाका नगरलप्रमुख बिष्णु प्रसाद भुसालले बताउनु भयाे ।
    कार्यक्रममा बाेल्दै दृन्द पिडित महिला संजाल नवलपुरकि अध्यक्ष पार्वति सिग्देलले सहितहरुकाे स्मृतिमा नवलपुर जिल्लामा सहिद पार्क निर्माण गर्न जनप्रतिनिधि र सराेकारवालाहरु सग माग गर्नुभयाे । उहाले सहिद तथा वेपता एवम् विभिन्न राजनैतिक परिवर्तनमा धाईते भएका व्यक्तिहरुकाे सम्मान र कदर गर्दै उनिहरुकाे नामावली सहितकाे स्तम्भ निर्माण गरि पार्क निर्माण गर्न अाग्रह गर्नुभयाे ।
    त्यस्तै सहिद बेपता समिति नवलपुरका अध्यक्ष  कृष्ण प्रसाद भट्टराईले सहिद तथा वेपता तथा अपाङ्ग भएका व्याक्तिहरुकाे याेगदानलाई राज्यले न्याय गर्न नसकेकाे बताउदै उनिहरुकाे याेगदानलाई हलुकारुपमा नलिन अनुराेध गरे । उहाँले एकै व्याक्तिका परिवार सहिद, वेपता र धाईते पनि हुने हुदा उनिहरुकाे याेगदानलाई कम अाकलन गरिएकाे गुनासाे व्यक्त गर्नुभयाे ।
    कार्यक्रम बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय प्रमुख बाबुराम विश्वकर्माले मुलुकमा गणतन्त्र स्थापना गर्न विभिन्न अान्दोलनमा शाहदात प्राप्त गर्नुहुने वीर सहिद, वेपता र अान्दाेलनका धाईतेहरुकाे महत्वपुर्ण याेगदानकाे राज्यले सम्मान गर्ने र गरि रहनुपर्ने बताउनु भयाे ।
    अध्यक्ष विश्वकर्माले गणतन्त्र स्थापना पछि नवलपुरवासिले सबैभन्दा फाईदा लिएकाे बताउदै जिल्ला विभाजन पछि नवलपुरवासिले राहात पाएकाे बताउनु भयाे । 
    कावासाेति नगरपालिका नगर प्रमुख बिष्णु प्रसाद भुसाले सहिद तथा वेपताहरुकाे स्मृतिमा पार्क वनाउन सक्दाे प्रयास गर्ने बताउदै जग्गा प्राप्तिकाे बिषय जटिल भएकाे बताउदै जग्गा प्राप्तिका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे । साथै उहाले जग्गा प्राप्ति भएमा पार्क निर्माणका लागि कावासाेति नगरपालिकाले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे ।
    कार्यक्रममा नवलप जिल्लाका ८ बटै पालिका भित्र रहेका सहिद तथा वेपत्ता परिवार, विभिन्न अान्दाेलनका धाईते एवम् प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे । 
    नवलपुर जिल्ला १०२ जना सहिद र २५ जना वेपत्ता रहेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट